आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

नागरिक पाटी

२८, चैत्र २०८०
  • 5.5K
    SHARES
  • हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

    हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङसहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर ठगीको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

    images

    सीआईबीका अनुसार पक्राउ पर्नेमा उपाध्यक्ष गुरुङसहित कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समितिका सदस्य रामहरि अधिकारी छन् । उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    यस सहकारीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई छन् । उनी फरार सूचीमा छन् । त्यस्तै यस सहकारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम जोडिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १०:३२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology