धार्के । धादिङको थाक्रेमा आधुनिक कृषि सहकारी संस्था दर्ता भएको छ ।
थाक्रे गाउँपालिका सहकारी ऐन २०७४ को दफा ६ बमोजीम आधुनिक कृषि सहकारी संस्था लिमिटेड थाक्रे १० लाई ३ वटा वडा कार्यक्षेत्र रहने गरि सहकारी दर्ता प्रमाणप्रत्र प्रदान गरिएको छ।
सहकारीको अध्यक्षमा विनोद पौडेल,सचिवमा स्वारिका सुवेदी र कोषाध्यक्षमा देबेन्द्र रुपाखेती सहित ९ सदस्यीय सञ्चालक समिति र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र सहकारी अभियान्ता नेत्रराज पौडेल सहित ५७ जना संस्थापक शेयर सदस्य रहेको अध्यक्ष पौडेलले बताउनु भयो ।
सहकारीको तीन सदस्यीय सल्लाकार समिति गठन गरिएको छ। जसमा गोकुल लामिछाने,राजेन्द्र रुपाखेती र मीन प्रसाद पौडेल रहेका छन। सहकारीको कार्य क्षेत्र थाक्रे वडा नम्बर ९, १० र ११ रहेको छ । सहकारीले कृषि र पशुपालन सगं सम्बन्धित कार्य गर्ने छ ।