आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

नागरिक पाटी

२१, बैशाख २०८१
  • 2.4K
    SHARES
  • बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

    बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालनका लागि दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

    images

    सत्ता समीकरण परिवर्तन पछि दलहरू बिचको विवाद हल गर्ने र संसद् बैठक सञ्चालनको लागि सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा बस्ने तयारी गरिएको छ । बैठकमा संसद् सञ्चालन, विषयगत संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

    प्रदेशसभा गठनको डेढ वर्ष अवधिसम्म प्रदेशसभामा रहेका ५ वटा विषयगत संसदीय समितिको सभापति चयन हुन सकेका छैनन् । समितिको सभापति चयनका लागि दलहरू बिच सहमति जुटाउने गरी छलफलका सर्वदलीय बैठकमा हुने जनाइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - ०९:१०:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology