आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मेयर चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

मेयर चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

नागरिक पाटी

२७, बैशाख २०८१
  • 3.0K
    SHARES
  • मेयर चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

    ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गर्नुभएको छ । ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गर्नुभएको हो । मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताउनुभयो । उहाँले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटनढोका र जावलाखेलमा बनाएको उहाँले बताउनुभयो ।

    images

    शौचालय बनाएपछि त्यसको वरिपरी दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफुहरुले चिरेको बताउदै अब थप शौचालय बनाउदा यस्तो कुरा नआउने बताउनुभयो । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताउनुभयो । स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुबिधा उपलब्ध रहेको बताइएको छ । अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १७:३८:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology