सरकारले आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
राष्ट्रिय सहमति सहकार्य र सामूहिक प्रतिबद्धताबाट यस नीति तथा कार्यक्रममा अन्तर्निहित उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ। राष्ट्रिय आवश्यकता, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना गुणस्तरीय सेवाप्रवाह, सामाजिक सुरक्षा र आर्थिक पुनरुत्थानको विषयलाई प्राथमिकतामा राखिएको राष्ट्रपति पौडेलले बताए।
पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोस्