आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्से परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट

नेप्से परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट

नागरिक पाटी

२, जेठ २०८१
  • 2.8K
    SHARES
  • नेप्से परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट

    ‘नेप्से' परिसूचकमा नौ दशमलव ५४ अङ्कको गिरावट देखिएको छ । आज परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर दुई हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने साङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको सबैभन्दा बढी दुई लाख ४१ हजार आठ सय ९७ कित्ता शेयर किनबेच भएको छ ।कारोबार रकमका आधारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको रु ११ करोड ८९ लाख ९५ हजार तीन सय ६४ बराबरको कारोबार भएको छ ।

    images


    उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४०, म्युचुअल फण्ड एक दशमलव १७ र व्यापार समूह एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् र होटल तथा पर्यटन समूह शून्य दशमलव ८० र अन्य समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ ।

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज तीन सय १५ कम्पनीको ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ बराबरको कारोबार भएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - १६:२७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology