आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लेनडाँडा सुरुङमार्ग छिचोलियो

लेनडाँडा सुरुङमार्ग छिचोलियो

नागरिक पाटी

५, जेठ २०८१
  • 3.1K
    SHARES
  • लेनडाँडा सुरुङमार्ग छिचोलियो

    काठमाडौँ–तराई-मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

    images

    नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।

    उहाँले निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल) मध्ये काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको बताउनुभयो । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६३३ मिटर छ ।

    उहाँले निर्माणाधीन तीन वटा सुरुङमार्गको सुरुङ खन्ने काम ७८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले लेनडाँडा सुरुङमार्गको दुवैतर्फको सुरुङ छिचोलिने योजना रहेको बताउनुभयो ।

    नेपाली सेनाका अनुसार तीन हजार ३५५ मिटरको महादेवटार सुरुङमार्गको दुई हजार १५८ मिटर खनिसकिएको जनाएको छ । तीन वटा सुरुङको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये अब १.५२९ किलोमिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - ०७:४६:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology