आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कामीरिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण

कामीरिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण

नागरिक पाटी

९, जेठ २०८१
  • 3.0K
    SHARES
  • कामीरिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण

    काठमाडौँ । कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गर्नुभएको छ ।

    images

    फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासि लाक्पा शेर्पाले जानकारी दिनुभयो । यसै महिना मात्र शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

    सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामी रिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - ११:५३:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology