आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा कोभिड–१९ को 'केपी' सब भेरियन्ट पुष्टि

नेपालमा कोभिड–१९ को 'केपी' सब भेरियन्ट पुष्टि

नागरिक पाटी

११, जेठ २०८१
  • 3.2K
    SHARES
  • नेपालमा कोभिड–१९ को 'केपी' सब भेरियन्ट पुष्टि

    काठमाण्डाै । नेपालमा कोभिड–१९ को नयाँ 'सब भेरियन्ट' केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी 'वान' र १७–जनामा केपी 'टू' पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी 'थ्री' र एक जनामा केपी 'फो' सब भेरियन्ट देखिएको छ ।

    images

    यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी सब भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।

    प्रयोगशालाले सूचनामा केपी सब भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने उल्लेख गरेको छ । अरू देशको अनुभवअनुसार केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक छैन ।

    याे भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १६:१५:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology