आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशमा भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने

बागमती प्रदेशमा भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने

नागरिक पाटी

१४, जेठ २०८१
  • 5.0K
    SHARES
  • बागमती प्रदेशमा भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने

    मकवानपुर । बागमती प्रदेश सरकारमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गरिने भएको छ ।

    images

    प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दै यस्तो जानकारी गराएका हुन् ।

    उनले विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी काठको गुणस्तर वृद्धि गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए ।

    प्रदेश प्रमुख शर्माले वनको पत्करबाट प्राङ्गारिक मल बनाउने कार्यक्रम सञ्चालन गरिने बताए । डढेलो मुक्त प्रदेश निर्माणका लागि संयन्त्र निर्माण गरी औजार उपकरणसहित व्यवस्था गरिने उनको भनाई छ ।

    मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकारणका लागि आवश्यक व्यवस्था गरिने बताउँदै उनले बाँदर, बँदेललगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १७:४९:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology