धादिङ । पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्डअन्तर्गत धादिङको गल्छी–बैरेनीमा सडक हिलाम्मे हुँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति १२ :३० बजेको समयमा गल्छी–बैरेनीमा सडक हिलाम्मे हुँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
उक्त स्थानमा गएरातीको मन्सुनी वर्षातले सडकमा क्षति पुर्याएको र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएको छ । सडक निर्माण व्यवसायी र स्थानीय प्रशासनले अवररोधलाई पन्छाउने प्रयास भैरहेको प्रहरीले बताएको छ ।
सडक नखुलेसम्म धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन सबैलाई प्रहरीले अनुरोध गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार राजमार्ग दुई तर्फि सञ्चालन आउँन समय लाग्ने बताएको छ।