आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण

एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण

नागरिक पाटी

१८, जेठ २०८१
  • 2.2K
    SHARES
  • एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण

    काठमाडौँ । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा.गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।

    नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेङ्गु पुष्टि भएको महाशाखाले जनाएको छ । सन् २०२२ मा नेपालमा डेङ्गुबाट ८८ जना र सन् २०२३ मा २० जनाको मृत्यु भयो ।

    गत वर्ष महामारीको रूप लिएका १२ वटा जिल्लाका १२३ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहका प्रमुखरअध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, प्रदेशका प्रतिनिधिलाई राखेर सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

    स्थानीय तहले डेङ्गु अझै बढ्ने हुँदा लामखुट्टे नियन्त्रण गर्ने र डेङ्गुबाट जोगाउने अभियान चलाइएको जानकारी दिँदै डा। दाहालले घरमा पानी जम्ने खाल्टाखुल्टी नराख्ने र पूरा बाउला भएको कपडा लगाउनुपर्ने बताउनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८१ शुक्रवार - ०७:१२:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology