आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेनिघाट रोराङमा मुख्यमन्त्री जम्कट्टेलद्वारा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक लोकार्पण

बेनिघाट रोराङमा मुख्यमन्त्री जम्कट्टेलद्वारा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक लोकार्पण

नागरिक पाटी

२४, जेठ २०८१
  • 6.4K
    SHARES
  • बेनिघाट रोराङमा मुख्यमन्त्री जम्कट्टेलद्वारा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक लोकार्पण

    धादिङ । धादिङको बेनिघाट रोराङ गापाको ताल्तीमा चिउरीको विरुवा रोपण तथा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक लोकार्पण कार्यक्रम गर्दै बुधबार बिश्व वातावरण दिवस २०२४ मनाईएको छ ।

    images

    चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण अभियान अन्तरगत भएको उक्त कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलियाले प्रमुख अतिथि समेत रहेका बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई चिउरी खुवाएर स्वागत गरेका थिए ।

    पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यद्वारा लेखन, संकलन र सम्पादन गरिएको उक्त पुस्तकबाट चिउरी, चेपाङ र चमेरो बारे महत्वपूर्ण जानकारी लिन सकिने बताएका थिए ।

    1717640632-o8DDk.jpg

    प्रदेश सरकारद्वारा यस वर्ष बेनीघाट रोराङ गाउँपालिकाले प्रदेशबाट आएको ७ लाख ७५ हजार र त्यसमा पालिकाले २०५ थप गरी ९ लाख ४५ हजार खर्च गर्ने गरि चिउरी चमेरो संरक्षण कार्यक्रम भईरहेको कार्यक्रमका सभापति समेत रहेका पालिका अध्यक्ष थपलियले बताएका थिए ।

    एक घर एक चिउरीको बोट अवधारण बनाउँदै छौं । चिउरी नरोप्ने चेपाङलाई गाउँपालिकाबाट प्रवाह हुने सेवाबाट बञ्चित गरिने समेत उनले बताए । चिउरी र चमेरो चेपाङ समुदाय र बेनीघाट रोराङको पहिचान हो । चिउरी र चमेरो संरक्षणका लागि अब पालिका सरकार निर्मम बन्छ । अब चिउरीको विरुवा लगाउनै पर्छ चमेरो मार्न नपाईने कार्यक्रममा उनले बताएका थिए ।

    447468725_25636491255994660_4676189060791615406_n.jpg

    यस वर्ष बेनीघाट रोराङले चिउरीको विरुवा खरिद तथा ढुवानीका लागि ४ लाख, चिउरी विरुवा नर्सरी स्थापनाका लागि ३ लाख, सामाग्री, प्रकाशन, उत्पादन, पाठ्यक्रमको विकासका लागि १ लाख, संरक्षणका लागि बालक्लव १ लाख र विविधमा खर्च ४५ हजार खर्च गर्ने तयारी गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - ०८:२५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology