आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण

नागरिक पाटी

२५, जेठ २०८१
  • 2.4K
    SHARES
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण

    धनुषा । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शुक्रबार शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण गरेलगतै जनकपुरधामको मुजेलियास्थित शहिद गेटमा शहिदहरु प्रति माल्यअपर्ण गरी मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्दै विभिन्न निर्णयहरु गर्नुभएको छ ।

    images

    मुख्यमन्त्री सिंहले गर्नुभएको निर्णयहरुमा स्घीयता र गणतन्त्रका संस्थापक नेताद्वय गजेन्द्र नारायण सिंह तथा रामराजाप्रसाद सिंह लक्षित कार्यक्रमहरु ल्याउने, मधेशका १३६ पालिकाका १२ सय ७१ वडामा बाँझो जग्गा उपयोग गर्न नमुना कृषि विकास मोडन लागू गर्दै एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने, मधेशका हरेक जिल्लामा नमुनाको रुपमा एक–एक खुल्ला शैक्षिक पार्क तयार गर्ने बताउनुभएको छ ।

    त्यस्तै, मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बैंकको रुपमा उपयोग गरी शिप र रोजगारको विकास गर्ने निर्णय उहाँले गर्नुभएको छ । साथै मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने, खोजमुलक पत्रकारिता प्रर्वद्वनका लागि प्रदेशको मिडिया साझेदारी कार्यक्रम गर्ने र दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरुको दुर्घटना बिमा गर्ने, मधेशमा गौरवको आयोजनाका रुपमा खेलकुदको रङ्गशाला निर्माण गरी प्रदेश स्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय मुख्यमन्त्री सिंहले गर्नुभएको छ ।

    मधेश सरकारको आउन लागेको नीति तथा कार्यक्रममा यि विषयहरु समावेश गरिने जानकारी पत्रकारहरुलाई गराउनुभयो । सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले सङ्घीयतामाथि भइरहेका प्रहार र भ्रष्टचार न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने पनि बताउनुभयो । उहाँले आफ्नो पार्टीसँग धेरै मन्त्रालय नरहेपनि अभिभावकको जिम्मा पाएकाले सबै दललाई मिलाएर यि कामहरु गर्न आफु केन्द्रित हुने भनाइ छ ।

    आजै मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद समेत विस्तार गरेपछि १० जना मन्त्री र तिन जना राज्यमन्त्रीले सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीमा बेची लुंगेलीले शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ ।

    त्यसैगरी, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानुन मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदादेवी थापा र विना विभागिए राज्यमन्त्रीमा रञ्जुकुमारी मण्डल खंगले सपथ ग्रहण गर्नुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - १९:४९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology