आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

नागरिक पाटी

४, आषाढ २०८१
  • 4.0K
    SHARES
  • ६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

    मकवानपुर। मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो ।

    images

    कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराइको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ । पछिल्लो समय पानी नपरेकाले जलविद्युत्को महत्त्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिनुभयो ।

    विशेष गरी नदीको पानी कम हुँदा विद्युत आपूर्ति सन्तुलन गर्न र विद्युत अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत आयोजना प्रयोग गरिन्छ । समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उहाँको भनाइ छ । पछिल्लो समयमा कुलेखानी जलविद्युत आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख भट्टका अनुसार सोमबारसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो । गए राती पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ । उहाँका अनुसार वि।सं।२०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो । कुलेखानीबाट आपत्कालीन समयमा मात्रै बिजुली उत्पादन गरिने उहाँको भनाइ छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १९:२२:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology