आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको धार्के र गजुरीमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

धादिङको धार्के र गजुरीमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

शिवराज आचार्य

५, आषाढ २०८१
  • 7.8K
    SHARES
  • धादिङको धार्के र गजुरीमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

    सिटिजन्स बैंक इन्टरनेशनलले शाखा विस्तार गर्ने क्रममा १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ ।

    images

    यससँगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु ५४ पुगेको कम्पनीले बताएको छ ।गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्‍याउने क्रममा धादिङमा आइपुगेको उल्लेख गर्दै आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।

    448574896_1270004964401231_6138892093383373294_n.jpg

    शाखा कार्यालयको उद्घाटनका अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो । सुविधा सम्पन्न नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

    कम्पनीले नयाँ शाखा सञ्चालनको अवसरमा ती शाखाहरुमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्षमा नि स् शुुल्क प्राप्त गर्न सकिने बताएको छ । साथै डि९म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छूटको व्यवस्था रहेको छ । सोही अवसरमा कम्पनीले गजुरी १ आधामारा मा रहेको श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।

    448765062_1270005171067877_4161333598805478362_n.jpg

    कम्पनीले देशैभर १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५६ जिल्लामा असेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान लक्ष्य रहेको बताएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - १७:५०:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology