आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अन्तिम चरणको काम सुरु

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अन्तिम चरणको काम सुरु

नागरिक पाटी

१०, आषाढ २०८१
  • 4.1K
    SHARES
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अन्तिम चरणको काम सुरु

    धादिङ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ)को काम भइरहेको छ।

    images

    राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए।

    एक वर्षभित्र सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “छिचोलिएको सुरुङको ‘लाइनिङ’ को काम दुई तिहाइ सम्पन्न भइसकेको छ । सुरुङको कुुल लम्बाइमध्ये अब ‘लाइनिङ’ गर्न पाँच सय मिटर मात्र बाँकी छ । आपत्कालीन सुरुङमार्गको ‘लाइनिङ’ गरिने छैन ।” मुख्य सुरुङमार्ग र आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ क्रमशः दुई हजार ६८८ मिटर र दुई हजार ५५७ मिटर छ ।

    त्यसै गरी सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।

    प्रवक्ता कोइरालाका अनुसार चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग भइरहेको छ ।

    उहाँका अनुसार बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । त्यसै गरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - ०७:३०:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology