शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नीलकण्ठको देउराली माध्यमिक विद्यालय र कोरल ईन्जिनियरिङ विच प्राविधिक सम्झौता

नीलकण्ठको देउराली माध्यमिक विद्यालय र कोरल ईन्जिनियरिङ विच प्राविधिक सम्झौता

शिवराज आचार्य

२०, आषाढ २०८१
  • 15.7K
    SHARES
  • नीलकण्ठको देउराली माध्यमिक विद्यालय र कोरल ईन्जिनियरिङ विच प्राविधिक सम्झौता

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा ८ मा रहेको देउराली माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र काठमाडौंको कोरल ईन्जिनियरिङ सर्भिस प्रा.लि. विच टेक्निकल पार्टनर रहने सम्झौता भएको छ ।

    images
    images

    विद्यालयमा एक कार्यक्रम गरि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश कोईराला र प्रधानाध्यापक खिलबहादुर धमला तथा कोरल ईन्जिनियरिङ सर्भिस का प्रमुख कार्यकारी अधिकृत ई. तेजेन्द्र बहादुर मगर तथा संस्थाका प्राविधिक सल्लाहकार ई. आलय बास्तोलाले सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता आदानप्रदान गरिएको छ।

    उक्त सम्झौता वमोजिम कोरल ईन्जिनियरिङ सर्भिस प्रालिले देउराली माध्यमिक विद्यालय सञ्चालित जियोमेटिक्स ईन्जिनियरिङ विषयमा अध्ययनरत विद्यार्थी तथा विद्यालयलाई म्नउक कगचखभथ, हवाई सर्वेक्षण, कित्तानापी सर्भे, स्थलगत सर्भे, पानीको बहाव नाप्ने लगायतका टेक्निकल सपोर्ट गर्ने र वार्षिक रुपमा २ जना भन्दा बढी विद्यार्थीलाई वयद भलतभचलकजष्उ सहित रोजगारीको लागि व्यवस्थापन गर्ने उल्लेख रहेको छ।

    कार्यक्रम संयोजक ई.प्रकाश गिरि तथा ई.धनबहादुर गुरुङले सहजिकरण गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको र उक्त सम्झौताले विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - ०६:०४:२५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology