आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वितेश आधारभूत विद्यालयमा सामाजिक कुरीति विरुद्धको जनचेतना कार्यक्रम

वितेश आधारभूत विद्यालयमा सामाजिक कुरीति विरुद्धको जनचेतना कार्यक्रम

सनिता चेपाङ

२०, आषाढ २०८१
  • 4.9K
    SHARES
  • वितेश आधारभूत विद्यालयमा सामाजिक कुरीति विरुद्धको जनचेतना कार्यक्रम

    धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मा रहेको वितेश आधारभूत विद्यालय भारपाङमा सामाजिक कुरीतिहरू विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको कार्यालय धादिङको आयोजनामा सामाजिक कुरीतिहरू विरुद्धको जनचेतना कार्यक्रम बुधबार सम्पन्न भएको हो।

    images

    449760895_7596536223790923_1936177394896256967_n.jpg

    समुदाय तथा टोलहरुमा रहेका विभिन्न कुरीतिहरू न्यूनीकरण गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुर्य जङ्ग भट्टराईले बताए। उहाँले कार्यक्रम गर्ने स्थान सोही विद्यालयलाई नै छनौट गरिएकोमा बेनिघाट रोराङ गाउँपालिका प्रति आभार ब्यक्त गर्नुभएको छ।

    जिल्ला समन्वय समिति धादिङका समन्वय अधिकारी रामाश्रय यादवले सहजीकरण गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका सदस्य रामप्रसाद रिजालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका समन्वय अधिकारी रामाश्रय यादवकै प्रमुख आतिथ्यता रहेको थियो ।

    449953760_7596538290457383_7169108632929989952_n.jpg

    यसैगरी कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका वडा नं–९ का वडाध्यक्ष देवीबहादुर खड्का, वडा सदस्य राजन चेपाङ,विनोद कुमार शाह, नारायण पंगेनी, पिपलडाँडा विद्यालयका प्रधानाध्यापक ईश्वर पोखरेल,सुरक्षाकर्मी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अविभावक संघका पदाधिकारी, शिक्षक , विद्यार्थी लगायत अभिभावकहरुको उपस्थिति रहेको प्रधानाध्यापक भट्टराईले रेडियो राजमार्गलाई जानकारी दिनुभयो।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - ०६:१९:०५ बजे

    सनिता चेपाङ

    सनिता चेपाङ नागरिकपाटी डटकममा आवद्ध रहेर समाचार सम्प्रेषणको काम गर्छिन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology