आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आँखुखोला जलविद्युतले तोक्यो बुकक्लोज मिति !

आँखुखोला जलविद्युतले तोक्यो बुकक्लोज मिति !

नागरिक पाटी

२१, आषाढ २०८१
  • 2.8K
    SHARES
  • आँखुखोला जलविद्युतले तोक्यो बुकक्लोज मिति !

    आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रदका लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद प्रयोजनका लागि बुकक्लोज मिति तोकेको हो ।

    images

    कम्पनीले हकप्रद प्रयोजनाका लागि यहि साउन १ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएका छ त्यसैले असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदा दिन पाउनेछन् ।

    नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

    कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - १०:३०:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology