आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कांग्रेस संसदीय दलको निर्णय : ओली नेतृत्वमा सरकार बनाउने

कांग्रेस संसदीय दलको निर्णय : ओली नेतृत्वमा सरकार बनाउने

नागरिक पाटी

२२, आषाढ २०८१
  • 2.6K
    SHARES
  • कांग्रेस संसदीय दलको निर्णय : ओली नेतृत्वमा सरकार बनाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्ने नेपाली कांग्रेसको संसदीय दलको बैठकले दृढता व्यक्त गरेको छ । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले १७ असारमा भएको कांग्रेस एमालेबीच नयाँ सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गरेको छ ।

    images

    राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तिब्रता, राजनीतिक स्थिरता, संविधान संशोधन र अर्थतन्त्र बलियो पार्ने उद्देश्यका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको कांग्रेसको भनाइ छ ।

    कांग्रेसले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार बनाउने सहमति भइसकेकाले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - १८:५९:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology