लघु चलचित्र छोरी मान्छे भाग-६ सार्वजनिक भएको छ । नेपाली समाजमा घटिरहेको यथार्थ घटनाहरुलाई समेटिएको लघु चलचित्र छोरी मान्छे भाग-६ अस्मित टि.भि युट्युव च्यानलबाट र्सावजनिक भएको हो ।
सञ्चारकर्मि सनिता चेपाङ सहित बहुचर्चित कलाकार देशभक्त खनाल, हरिशरण गिरी, सबिता खड्का, गोमा न्यौपाने, मन्दिप राना, अशोक तामाङ, रश्मि रिजाल र सिता चेपाङ लगायतको अभिनय रहेको लघु चलचित्रको छायाँङ्कन दिनेश कोईरालाले गर्नुभएको छ भने निर्देशन अशोक तामाङले गरेका छन् ।
मकवानपरका युवा लेखक, कलाकार एवं निर्देशक जित बहादुर बल (अशोक) नेपाली टेलीशृंखला तथा कला क्षेत्रमा अनवरत रूपमा लागि परिरहेका छन् ।
लघु चलचित्र छोरी मान्छे भाग-६ हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोला