६ श्रावण, धादिङ । बालमैत्री कक्षा शिक्षण सम्बन्धि शिक्षक क्षमता विकास तालिम आईतवारबाट धादिङबेसीमा शुरु भएको छ । बेनिघाट
गाउँपालिकाका वडा नम्बर ६,८ र १० का १९ सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम शुरु भएको हो ।
गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गर्दै आएको छ ।
सामुदायिक बिद्यालयहरुमा बालबालिकाहरुो शैक्षिक सुधारको लागि बेनिघाटरोराङ गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)ले बताएका छन्। शिक्षकहरुको लागि बालमैत्री शिक्षण सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि कार्यशाला उद्घघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष थपलियाले उक्त कुरा बताउनु भएको हो ।

बेनिघाटरोराङ गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा ,राखेर योजनाबद्ध रुपमा काम गरि रहेको उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताएका छन्। उहाँले शिक्षकहरुको बालमैत्री शिक्षण पद्धति सम्बन्धि क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुग्ने बताए ।
बेनिघाटरोराङ गाउँपालिकावडा नम्बर ६,८ र १० भित्रका सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री प्रयोग कक्षा शिक्षकहरुको भुमिका उत्तरदायित्व, कक्षामा गर्नुपर्ने क्रियाकलाप ,विधी लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका निमित्त कार्यकारी निर्देशक केशव सिग्देलले जानकारी दिनु भयो ।
बिद्यालय उमेरका बालबालिकाहरुको शैक्षिक सुधारका लागि बेनिघारोराङ गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका बिद्यालयहरुमा बालमैत्री वातावरण सिर्जनामा थप प्रभावकारी बनाउन तालिमले सहयोग पुग्ने शिक्षा अधिकारी बोधराज पाठकले बताउनु भयो ।

तालिम उद्घाटन सत्रमा भनाई राख्नु हुँदै प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर चाइल्ड फण्ड जापानको साझेदारीमा आगामी ४ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत बेनिघाटरोराङ गाउँपालिकालाई सहयोग गर्न लागिएको बताउनु भयो ।
बालमैत्री कक्षा शिक्षण को तालिम ३ चरणमा संचालन हुनेछ । आईतवारबाट शुरु भएको पहिलो चरणको तालिममा बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका राष्ट्रिय मावि, कोस्राङ आवि, कालिका मावि, जलदेवी आवि, राष्ट्रिय आवि, पञ्चकन्या मावि र पदमचौर आविका गरी ३३ जना शिक्षकहरू सहभागी रहेको छ ।
तालिममा बालमैत्री कक्षा शिक्षण संचालन बिधि , प्रक्रिया, क्रियाकलाप, आवश्यक सामाग्री लगायतका बिषयमा प्रशिक्षक उत्तम दाहालले सहजिकरण गर्नु हुनेछ । विर बहादुर श्रेष्ठको अध्यक्षतामा शुरुवात भएको तालिम उद्घघाटन सत्रमा गाउँ पालिका अध्यक्ष ,उपाध्यक्ष ,वडाध्यक्ष,शिक्षा अधिकारी लगायतको उपस्थित रहेको थियोे । बालमैत्री शिक्षण तालिम श्रावण ८ गते मंगलबारसम्म संचालन हुने प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनु भयो ।