आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कन्डमको आयात बढ्यो

कन्डमको आयात बढ्यो

नागरिक पाटी

७, श्रावण २०८१
  • 3.5K
    SHARES
  • कन्डमको आयात बढ्यो

    आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट २४ करोड ६९ लाख रुपैयाँको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असारदेखि साउनसम्मको अवधिमा २४ करोडभन्दा बढीको कन्डम आयात भएको हो ।

    images

    यस अवधिमा ३ करोड ९२ लाख ३२ हजार कन्डम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ५५ हजार रुपैयाँ भन्सार राजस्व बुझाएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा कन्डमको आयात ३ करोड ४१ लाख रुपैयाँले बढेको हो ।

    आर्थिक वर्ष २०७९/८० मा विदेशबाट २१ करोड २८ लाख रुपैयाँको कन्डम आयात भएको थियो । त्यस आर्थिक वर्षमा ३ करोड ६५ लाखभन्दा बढी कन्डम नेपाल भित्रिएको थियो । जबकि गत आर्थिक वर्षमा मूल्य बढे पनि कन्डमको आयात सङ्ख्या भने घटेको छ ।

    यस्तै आर्थिक वर्ष २०७८/७९ मा १६ करोड ३० लाख रुपैयाँको कन्डम आयात भएको थियो । सो अवधिमा ५ करोड २८ लाखभन्दा बढी पिस कन्डम नेपाल भित्रिएको थियो । सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात ८ करोड ३९ लाख रुपैयाँले आयात बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १८:००:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology