आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले चेतनारायण आचार्य नियुक्त

नागरिक पाटी

७, श्रावण २०८१
  • 2.9K
    SHARES
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले चेतनारायण आचार्य नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गर्नुभएका आचार्यलाई आज प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    images

    मुख्यमन्त्री जोखबहादुर महराले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज बेलुकासम्मको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

    एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताउनुभयो ।

    आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुनुभएको हो । लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १८:४६:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology