१० श्रावण,धादिङ । बालमैत्री कक्षा शिक्षण सम्बन्धि शिक्षक क्षमता विकास दास्रो चरणको तालिम विहिबार बाट धादिङबेसीमा शुरु भएको छ ।
बेनिघाट गाउँपालिकाका वडा नम्बर ६,८ र १० का १९ सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम शुरु भएको हो । गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गर्दै आएको छ ।
सामुदायिक बिद्यालयहरुमा बालबालिकाहरुो शैक्षिक सुधारको लागि बेनिघाटरोराङ गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)ले बताएका छन्। शिक्षकहरुको लागि बालमैत्री शिक्षण सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि कार्यशाला उद्घघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष थपलियाले शिक्षकहरुको बालमैत्री शिक्षण पद्धति सम्बन्धि क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुग्ने बताउनु भएको छ।

बेनिघाटरोराङ गाउँपालिकावडा नम्बर ६,८ र १० भित्रका सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री प्रयोग कक्षा शिक्षकहरुको भुमिका उत्तरदायित्व, कक्षामा गर्नुपर्ने क्रियाकलाप लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग गर्न प्रयास नेपाल धादिङसगं सहकार्य गरेर परियोजना सञ्भालन गरि रहेको चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनारले बताउनु भयो।
तालिम उद्घाटन सत्रमा भनाई राख्नु हुँदै प्रयास नेपाल धादिङका बरिष्ठ सदस्य रेष्टन कंडेलले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर चाइल्ड फण्ड जापानको साझेदारीमा शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत बेनिघाटरोराङ गाउँपालिकालाई सहयोग गरि रहेको बताउनु भएको छ ।
बालमैत्री कक्षा शिक्षणको तालिम ३ चरणमा संचालन भइरहेको छ । गएको आईतवारबाट शुरु भएको पहिलो चरणको तालिम मंगलबार सकिएको हो । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका गरी ३३ जना शिक्षकहरू सहभागी रहेको छ । तालिममा बालमैत्री कक्षा शिक्षण संचालन बिधि , प्रक्रिया, क्रियाकलाप, आवश्यक सामाग्री लगायतका बिषयमा प्रशिक्षक उत्तम दाहालले सहजिकरण गर्नु हुनेछ ।
