आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ सञ्चार सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ सञ्चार सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

११, श्रावण २०८१
  • 3.0K
    SHARES
  • धादिङ सञ्चार सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

    धादिङ संचार सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधाराण सभामा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

    images

    सभामा संस्थाका महासचिव अर्जुन श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷२०८२ को लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष रेख बहादुर गुरुङले संस्थाको आर्थिक प्रतिवेदन तथा प्रस्तावित अनुमानित आय ब्याय प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी लेखा समितिका संयोजक सन्तोषराज श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    450872556_1136037167487118_7897160656669385614_n.jpg

    सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका जरुरी रहेको बताउनुभयो । उहाँले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नोमात्र फाईदा पु¥याउन चाहने पुंजीवादी शक्तीहरु बिरुद्ध लड्दै शहकारी अन्दोलनलाई साथ दिन पत्रकारहरुलाई अग्रह समेत गर्नुभयो ।

    450551868_451507057762244_1443235610238869320_n.jpg

    कार्यक्रममा सहकारीका पृर्व अध्यक्षहरु, नेपाल पत्रकार महासघका अध्यक्ष तथा सचिव, सहकारीका सञ्चालक समिति सदस्यहरु र शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सहकारीका उपाध्यक्ष शिवराज आचार्यले समापन गर्नु भएको थियो

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १९:३०:३० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology