शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङका शिक्षकहरुका लागि तेस्रो चरणको तालिम धादिङबेशीमा शुरु

बेनीघाट रोराङका शिक्षकहरुका लागि तेस्रो चरणको तालिम धादिङबेशीमा शुरु

शिवराज आचार्य

१४, श्रावण २०८१
  • 3.5K
    SHARES
  • बेनीघाट रोराङका शिक्षकहरुका लागि तेस्रो चरणको तालिम धादिङबेशीमा शुरु

    १४ श्रावण,धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका शिक्षकहरुका लागि तेस्रो चरणको तालिम धादिङबेशीमा शुरु भएको छ ।

    images
    images

    बालमैत्री कक्षा शिक्षण सम्बन्धि शिक्षक क्षमता विकास तेस्रो चरणको तालिम आज सोमवारबाट शुरु भएको छ । विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित विद्यालयसँग समन्वय र सहकार्यमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गर्दै आएको छ ।

    बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका सामुदायिक विद्यालयका बालबालिकाहरुलाई सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री प्रयोग गरी कसरी पढाउन सकिन्छ भने उद्देश्यले कक्षा शिक्षकहरुको भुमिका, उत्तरदायित्व र कक्षामा गर्नुपर्ने क्रियाकलाप लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग गर्न प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गरि रहेको प्रयास नेपाल धादिङ निमित्त कार्यकारी निर्देशक केशब सिग्देलले बताउनु भयो।

    7bb0e568-d290-4f9b-9297-c07f89aa5c05.jpeg

    सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको शैक्षिक सुधारको लागि बेनीघाट रोराङ गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)ले बताएका छन्। शिक्षकहरुको लागि बालमैत्री शिक्षण सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि कार्यशाला उद्घघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष थपलियाले शिक्षकहरुले बालमैत्री शिक्षण पद्धति सम्बन्धि क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुग्ने बताउनु भएको छ। उहाँले यो आर्थिक वर्ष शैक्षिक सुधारको वर्ष रहेकाले सबै शिक्षकले आफ्नो ठाउँमा सहयोग गर्नु पर्ने बताउनु भएको छ ।

    तालिम उद्धघाटन सत्रमा भनाई राख्नु हुँदै प्रयास नेपाल धादिङका उपाध्यक्ष उषा बि.कले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर चाइल्ड फण्ड जापानको साझेदारीमा शिक्षामा पहुँच सुनिश्चिता परियोजना बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालन गरि रहेको बताउनु भएको छ।

    बालमैत्री कक्षा शिक्षण सिकाई तालिम ३ चरणमा संचालन भइरहेको छ । यस अगाडी दुई चरणका तालिम सम्पन्न गएको थियो । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका ३३ जना शिक्षकहरू तालिममा सहभागी रहेका छन् । तालिममा बालमैत्री कक्षा शिक्षण संचालन बिधि , प्रक्रिया,क्रियाकलाप,आवश्यक सामाग्री लगायतका विषयमा प्रशिक्षक उत्तम दाहालले सहजिकरण गरि रहनु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - १९:०४:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology