आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

नागरिक पाटी

१५, श्रावण २०८१
  • 2.3K
    SHARES
  • बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    हेटौडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिँदैछन् ।

    images

    एमाले–कांग्रेसको गठबन्धनबाट साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम लामाले सांसदबाट विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्रीेले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक दिउँसो ३ बजेलाई बोलाएका छन् । मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।

    १ सय १० सदस्यीय प्रदेश सभामा बहुमत सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - ०७:५३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology