आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

नागरिक पाटी

२, भाद्र २०८१
  • 3.4K
    SHARES
  • ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

    काठमाडौं । ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी पदभार ग्रहण गरेका छन् । उनले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

    images

    उनलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै उनले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।  उनले बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने पनि बताए ।

    यस्तै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुनमा आफु विश्वस्त रहेको उल्लेख गरे । ग्लोवल आइएमई बैंकको नयाँ सिईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १७:१६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology