आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

७५ वटा जिल्लामा ५ हजार भन्दाबढिमा डेङ्गी रोगको संक्रमण

७५ वटा जिल्लामा ५ हजार भन्दाबढिमा डेङ्गी रोगको संक्रमण

नागरिक पाटी

८, भाद्र २०८१
  • 2.7K
    SHARES
  • ७५ वटा जिल्लामा ५ हजार भन्दाबढिमा डेङ्गी रोगको संक्रमण

    डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ ।

    images

    महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो । ७५ वटा जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस वर्ष अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ ।

    पानी जम्ने सफा ठाउँमा ुएडिज एजिप्टी र एडिस एल्बोपिक्टसु प्रजातिको लामखुट्टेले फुल पार्ने लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ । काठमाण्डौ जिल्लामा चार सय २१ जना, भक्तपुर ५८ र ललितपुरमा ७९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै लामखुट्टे खोज र नष्ट गरु अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०८१ शनिवार - १६:१७:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology