आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

नागरिक पाटी

१२, भाद्र २०८१
  • 3.2K
    SHARES
  • टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

    टेक्सस। टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो ।

    images

    २१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।

    सन्दिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उहाँको मृत्यु भइसकेको जनाएका थिए । प्रहरीले सन्दिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध गरेको छ ।

    ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उहाँको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो ।

    उहाँकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १३:४०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology