धादिङको धुनिवेशीमा रहेको डियरवाक धादिङ स्कुलले शिक्षकहरुका लागि डिजिटल तालिम दिएको छ । नगरभित्रका विभिन्न विद्यालयका शिक्षकहरुलाई "𝗜𝗻𝘁𝗲𝗴𝗿𝗮𝘁𝗶𝗻𝗴 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗶𝗻 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗣𝗹𝗮𝘁𝗳𝗼𝗿𝗺𝘀" विषयमा तालिम दिएको स्कुलका प्रिन्सिपल निर्मल पौडेलले बताए ।
उनका अनुसार शिक्षकहरुलाई G-Suite, Google Docs, Sheets, Slides, and Coding with Scratch को बारेमा तालिम दिईएको हो । यो तालिमबाट सिकेका कुरा शिक्षकहरुले आफ्नो विद्यालयमा पनि उपयोग गर्ने आफुलाई विश्वास रहेको प्रिन्सिपल पौडेलको भनाई छ ।
तालिममा सहभागीहरु र प्रशिक्षकहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।