शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जनजागृती माध्यमिक विद्यालयले मनायो २४ औँ वार्षिकोत्सव तथा २५ औँ स्थापना दिवस

जनजागृती माध्यमिक विद्यालयले मनायो २४ औँ वार्षिकोत्सव तथा २५ औँ स्थापना दिवस

नागरिक पाटी

१७, भाद्र २०८१
  • 3.9K
    SHARES
  • जनजागृती माध्यमिक विद्यालयले मनायो २४ औँ वार्षिकोत्सव तथा २५ औँ स्थापना दिवस

    धादिङको थाक्रे ६ महाद्ववेशीमा रहेको जनजागृती माध्यमिक विद्यालयले आफ्नो २४ औँ वार्षिकोत्सव तथा २५ औँ स्थापना दिवस समारोह मनाएको छ । विद्यालयको प्राङ्गणमा वार्षिकोत्सव तथा स्थापना दिवस सँगै सामाजिक परिक्षण, विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम पनि गरिएको विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयलले बताए ।

    images
    images

    उक्त वार्षिक समारोहमा विद्यालयको अवस्था, प्रगति विवरण तथा आर्थिक विवरणबारे पनि जानकारी गराईएको छ । यस्तै कार्यक्रममा विभिन्न गायन तथा नृत्य प्रस्तुतीका साथै उत्कृष्ट शिक्षक, उतिर्ण विद्यार्थी लगायतलाई पनि सम्मान गरिएको छ ।

    सिप, सर्टिफिकेट र रोजगार तर्फ हाम्रो ध्यान, प्रविधी मैत्री एवम् गुणस्तरिय शिक्षा जनजागृतीको पहिचान भन्ने नारा सहित सञ्चालनमा रहेको विद्यालयको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिरा बहादुर थापा राजेन्द्रको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।

    विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र रुपाखेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा थाक्रेका प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार मल्ल, शिक्षा शाखा अधिकृत, विद्यालयका सल्लाहकार तथा पुर्व अध्यक्ष गोकर्ण रुपाखेती, शिक्षा सँग सरोकार राख्ने विभिन्न सँघ सँस्था एवम् निकायका प्रमुख तथा प्रतिनिधी लगायत शिक्षक, विद्यार्थी र अभिभावको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०८१ सोमवार - ०६:५७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology