सुपरमाई हाईड्रोपावर लिमिटेडले १३.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई नगद र शेयर बोनस दिने भएको हो ।
कम्पनीका सचिव दिनेश कुमार बर्तौलाका अनुसार कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो । यस्तै, करसहित ५.६३ प्रतिशत अर्थात २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश दिनेछ ।