आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या चार पुग्यो

नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या चार पुग्यो

नागरिक पाटी

१८, भाद्र २०८१
  • 2.9K
    SHARES
  • नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या चार पुग्यो

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको हो ।

    images

    यस्तै, सो अवधिमा ६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

    ईडीसीडीका अनुसार, गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो संख्यामा सङ्क्रमित र चार जनाको मृत्यु भएको हो । देशको ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।

    सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । त्यहाँ तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित रहेका छन् ।

    यसैगरी, बागमती प्रदेशमा १ हजार ७२३ जना, कोशीमा ८१५ जना, मधेसमा १०६ जना, लुम्बिनीमा ४७४ जना, कर्णालीमा १०५ जना र सुदूरपश्चिममा ३७९ जनामा डेंगु सङ्क्रमित फेला परेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - १७:४३:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology