आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बीएन्डसीलाई एमबीबीएस पढाउन अनुमति

बीएन्डसीलाई एमबीबीएस पढाउन अनुमति

नागरिक पाटी

२२, भाद्र २०८१
  • 3.1K
    SHARES
  • बीएन्डसीलाई एमबीबीएस पढाउन अनुमति

    बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट बीएन्डसीले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको हो ।

    images

    यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

    विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

    नेपाल सरकारबाट वि.सं.२०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए ।

    सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०८१ शनिवार - १९:४५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology