काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा राज्यको लगानी आवश्यकता भन्दा कम रहेको बताएका छन् ।
आज काठमाडौंमा एफएओले आयोजना गरेको नेपाल फुड फोरम २०२४ मा मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरेको प्रयास पर्याप्त नभएको बताएका हुन् ।
अधिकारीले कृषि उत्पादनका लागि सामाग्री उपलब्ध नरहेको र किसानले समयमा रासायनिक मल, बिउ नपाउने समस्या विगतबाट नै रहेकोले यो विषयममा धेरै काम गर्न बाँकी रहेको उनले बताए ।
कृषिमा आवश्यक भन्दा कम लगानी रहेकाले यसलाई प्रोत्साहन गर्नुपर्ने मन्त्री अधिकारीको तर्क छ । उनले हालको दशकमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्नको लागि सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।