शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसइई पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण

एसइई पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण

नागरिक पाटी

८, आश्विन २०८१
  • 3.4K
    SHARES
  • एसइई पूरकमा ५६.७८ प्रतिशत उत्तीर्ण

    यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएका थिए । जसमध्ये एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

    images
    images

    बोर्डका अनुसार जिपिए ३.६१ देखि ४ सम्म जम्मा १८ जनाले ल्याएका छन् । जिपिए ३.२१ देखि ३.६० सम्म एक हजार ५१८ जनाले ल्याएका छन् । त्यस्तै जिपिए २.८१ देखि ३.२० सम्म २३ हजार ६२३ जनाले ल्याएका छन् । जिपिए २.४१ देखि २.८० सम्म ७४ हजार ४६० जनाले ल्याएको बोर्डले जनाएको छ । बोर्डका अनुसार जिपिए १.६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् ।

    २०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । यसअघि असारमा सार्वजनिक भएको एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

    त्यतिखेर ५० प्रतिशतभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - ०६:४०:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology