आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रेडियो राजमार्गको वार्षिकोत्सव : पर्यटन प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम

रेडियो राजमार्गको वार्षिकोत्सव : पर्यटन प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम

नागरिक पाटी

११, आश्विन २०८१
  • 3.4K
    SHARES
  • रेडियो राजमार्गको वार्षिकोत्सव : पर्यटन प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रम

    धादिङको धुनिवेशीमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जले आफ्नो वार्षिक उत्सव तथा पर्यटन दिवसकोे अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पर्यटन प्रर्वद्धनमा पालिकाको प्रयास, योजना, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    images

    कार्यक्रममा सँघिय साँसद राजेन्द्र पाण्डे सँगै धादिङ, नुवाकोट र मकवानपुरका स्थानिय तहका ६ जना प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले आफ्नो पालिका तथा क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि भएका प्रयास, योजना तथा सम्भावना सँगै चुनौतीहरुको बारेमा कुरा राख्नुका साथै प्रतिवद्धता व्यक्त गर्नुभएको रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरीले बताउनुभयो ।

    कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक, नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर जगत बहादुर गुरुङ र थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको सहभागिता थियो ।

    रेडियो राजमार्ग शुक्रबारबाट १३ वर्ष पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०८१ शुक्रवार - १९:१३:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology