धादिङका २६ वटा विद्याललयमा बाढी र पहिरोले क्षती पुर्याएको छ । एक साता अधिको अविरल बर्षा सँगै आएको बाढी र पहिरोले धादिङमा गजुरी, बेनिघाटरोराङ र थाक्रे गाउँपालिकामा २६ वटा विद्यालयमा क्षति पुगेको छ ।
गजुरी गाउँपालिकाको १३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । नवज्योति आधारभूत विद्यालयको भवनमै क्षति पुगेकोले पठनपाठन बन्द गरिएको छ । वागेश्वरी आधारभूत विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ३ को भवन चर्केको र अन्य विद्यालयको सबै कम्पाउण्ड वाल पहिरोले लडेको , थुम्कीडाँडा माविका कक्षा १ मा अध्यायनरत विद्यार्थीको मृत्यु भएको छ ।
वडा नम्बर ७ किरान्चोक मावि, केउरीनी आधारभूत विद्यालय, वागेश्वरी आवि गजुरी गाउँपालिका वडा नम्बर ३, बतासे आवि, पिण्डेश्वरी आवि, रिठ्ठाबोटे आवि, जुनतारा आविको कम्पाण्ड वाल भत्केको, विद्यालयमा लेदो जमेको र पहिरोले विद्यालयको केही भाग चर्केको छ ।
यसैगरी धादिङको थाक्रे गाउँपालिकामा ३ वटा, बेनिघाटरोराङमा १० वटा,गजुरी गाउँपालिकामा १३ वटा विद्यालयमा क्षति पुर्याएको हो । भने ४ विद्यालयको पठन पाठन समेत बन्द गर्नु पर्ने अवस्था आएको छ ।
बेनिघाटरोराङ वडा नम्बर ८ को सूर्योदय आधारभूत विद्यालय, वडा नम्बर ४ मा रहेको बेलडाडाँ कालिका आधारभूत विद्यालय भवन अगाडी पछाडिबाट पहरो लडेका कारण पठन पाठन बन्द भएको छ । वडा नम्बर २ को सीतामाइ आधारभूत विद्यालयको छानामा ठूलो रुख लडेर थिचेको छ भने कक्षाकोठामा बस्न नसकिने अवस्था आएको छ । वडा नम्बर ४ को जनजागृति सिद्ध आधारभूत विद्यालय दुबैतर्फबाट पहिरो लडेकोले पठन पाठन बन्द भएको ।
थाक्रे गाउँपालिकाको लितिमहांकाल मावि, उडुवादेवी आवि र शिलादेवी आविमा क्षति पुगे छ । लितिमहांकाल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकोले विद्यालय नै बन्द भएको छ । सिताराम अधिकारी