आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ अस्पताल बागमती प्रदेशका अस्पतालहरु मध्ये तृतिय

धादिङ अस्पताल बागमती प्रदेशका अस्पतालहरु मध्ये तृतिय

नागरिक पाटी

९, कार्तिक २०८१
  • 2.9K
    SHARES
  • धादिङ अस्पताल बागमती प्रदेशका अस्पतालहरु मध्ये तृतिय

    बागमती प्रदेशभित्रका अस्पतालहरु मध्ये धादिङ अस्पताल तेस्रो भएको छ । आर्थिक वर्ष २०८०र८१ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सुचकहरु तथा प्रस्तुतीकरण समेतको मुल्याङकनको आधारमा धादिङ अस्पताल तेस्रो भएको हो ।

    images

    बागमती प्रदेश अन्तर्गत अस्पतालहरु मध्ये भक्तपुर अस्पताल प्रथम, सिन्धुली अस्पताल द्धितिय र धादिङ अस्पताल भएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा वार्षिक समीक्षा तथा प्रस्तुतीकरणमा प्रदेश तहका सबै जिल्लाका अस्पतालले वार्षिक कार्य सम्पादनसम्बन्धी प्रस्तुति दिएका थिए ।

    जसका आधारमा निर्देशनालयले प्रशंसा–पत्रमा प्रदान गरेको हो। कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ०६:००:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology