शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम शुरु

बेनीघाट रोराङका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम शुरु

शिवराज आचार्य

१२, कार्तिक २०८१
  • 2.5K
    SHARES
  • बेनीघाट रोराङका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम शुरु

    जोगिमारा, धादिङ । धादिङको बेनीघाट रोराङका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम सोमबारबाट शुुरु भएको छ ।

    images
    images

    प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठको अध्यक्षता तथा बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुुर थपलिया (विवेक)प्रमुख आतिथ्यतामा भएको ३ दिने नेतृत्व विकास तथा व्यवस्थापन सम्बन्धि तालिममा २२ जना प्रधानाध्यायपकहरुको सहभागी रहेको छ ।

    बुधबार सम्म सञ्चालन हुने तालिममा प्रभावकारी बिद्यालय संचालनमा प्रधानाध्यापकको काम कर्तव्य र उत्तरदायित्वका संगै राम्रो विद्यालयका सूुचकहरु र सुचक पुरा गर्न प्रधानाध्यपकको भुुमिक,नेतृत्व शैली,जवाफदेहीता तथा पारदर्शिका ,श्रोत व्यवस्थापन ,विद्याललमा अभिभावकको सहभागीता , बिद्यालय स्वमुल्याकन ,विद्यालयको आवश्यकतामा आधारित कार्ययोजना,विद्यालय नेतृत्व र व्यवस्थापन विचको ग्याव तथा सवालहरुको बारेमा प्रशिक्षक देबिराम आचार्यले सहजीकरण गर्नु हुनेछ । ३ दिने कार्यशालामा चाइल्ड फ्रण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको समन्वयमा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको सहयोगमा सञ्चालन गरिएको हो।

    तालिमको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुुर थपलियाले विद्यालय र बालबालिकाको शिक्षा र विकासमा पार्ने सकारात्मक प्रभावको बारेमा चर्चा गर्नुभएको थियो । अध्यक्ष थपलियाले तालिममा सिकेका शिपलाई व्यवहारमा ल्याउन आनुुरोध गर्नुु भएको छ ।

    तालिम उद्घाटन सत्रमा वडा नं ८ का वडाध्यक्ष राज कुमार श्रेष्ठ,बिद्यालय श्रोत व्यक्ति रामेश्वर पोखरेल,प्रयास नेपाल धादिङमा कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम प्रबन्धक केशव सिग्देल,निःवर्तमान अध्यक्ष रेष्टन कडेल, चाइल्ड फ्रण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार लगायतको उपस्थिति रहेको फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - २०:३४:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology