जोगिमारा, धादिङ । धादिङको बेनीघाट रोराङका प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठको अध्यक्षता तथा बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुुर थपलिया (विवेक)प्रमुख आतिथ्यतामा समापन भएको ३ दिने नेतृत्व विकास तथा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
तीन दिन सम्म सञ्चालन भएको तालिममा २२ जना प्रधानाध्यायपकहरुको सहभागी रहेको थियो।
सोमबारबाट सञ्चालन भएको तालिममा प्रभावकारी विद्यालय संचालनमा प्रधानाध्यापकको काम कर्तव्य र उत्तरदायित्वकासंगै राम्रो विद्यालयका सूुचकहरु र सुचक पुरागर्न प्रधानाध्यापकको भुुमिक,नेतृत्व,शैली,जवाफदेहीता तथा पारदर्शिका ,श्रोत व्यवस्थापन ,विद्याललमा अभिभावकको सहभागीता , विद्यालय स्वमुल्याकन ,विद्यालयको आवश्यकतामा आधारित कार्य योजना,विद्यालय नेतृत्व र व्यवस्थापन विचको ग्याव तथा सवालहरुको बारेमा प्रशिक्षक देवीराम आचार्यले सहजीकरण गर्नु भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।

३ दिने कार्यशालामा चाइल्ड फ्रण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको सहयोगमा सञ्चालन गरेको हो।
तालिम समापन सत्रमा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष कृष्ण बहादुुर थपलियाले विद्यालय र बालबालिकाको शिक्षा र विकासमा पालिकाले पहिलो प्राथमिकता दिदै आएको बताउनु भएको छ। अध्यक्ष थपलियाले तालिममा सिकेका शिपलाई व्यवहारमा प्रयोग गर्न अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बोदराज पाठक,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,कार्यक्रम प्रबन्धक केशव सिग्देल,निःवर्तमान अध्यक्ष रेष्टन कडेल, चाइल्ड फ्रण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार लगायतको उपस्थिति रहेको परियोजना प्रबन्धक केशब सिग्देलले जानकारी दिनु भयो ।
