आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

'पूर्णबहादुरको सारंगी' ले १० दिनमा कमायो १८ करोड

'पूर्णबहादुरको सारंगी' ले १० दिनमा कमायो १८ करोड

नागरिक पाटी

२६, कार्तिक २०८१
  • 3.7K
    SHARES
  • 'पूर्णबहादुरको सारंगी' ले १० दिनमा कमायो १८ करोड

    काठमाडौं । फिल्म 'पूर्णबहादुरको सारंगी' ले आक्रामक व्यापार गरिरहेको छ। विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ।

    images

    निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको छ। फिल्मले कीर्तिमान समेत कायम गरेको छ। यो फिल्मले एकै दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ। फिल्मले शनिबार एकै दिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो।

    अहिलेसम्म एकै दिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन्। फिल्मले शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको थियो।

    'पूर्णबहादुरको सारंगी' ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ। फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो।

    यसअघि 'बेहुली फ्रम मेघौली' ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान 'पूर्णबहादुरको सारंगी' ले तोडेको हो। कतिपय हलहरुले बिहान सबेरै र मध्यरातमा पनि फिल्म चलाएका छन्।

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - ०६:२०:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology