आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यि २० वटा हलबाट पूर्णबहादुरको सारङ्गी किन उतारियो ?

यि २० वटा हलबाट पूर्णबहादुरको सारङ्गी किन उतारियो ?

नागरिक पाटी

१, मंसिर २०८१
  • 3.2K
    SHARES
  • यि २० वटा हलबाट पूर्णबहादुरको सारङ्गी किन उतारियो ?

    निर्माण पक्षले २० वटा हलबाट फिल्म पूर्णबहादुरको सारङ्गी उतार्ने भएको छ । ती सिनेमा हलहरूले उपलब्ध गराएको ग्रसकलेक्सन रिपोर्ट चित्तबुझ्दो नभएपछि शनिवारबाट सिनेमा उतार्ने निर्णय भएको हो ।

    images

    केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारङ्गी हाउस फूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मङ्सिर १ गते शनिवारबाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको सेभेन सिस सिनेमा परिवारले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

    ती हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमा मागेको छ । सिनेमा हेर्न इच्छुक दर्शकहरूले नजिकैको अर्को हलमा गएर हेरिदिन समेत निर्माण पक्षले आग्रह गरेको छ ।

    सिनेमा उतारिने हलहरू निम्न छन् :
    १. अरुण हल, विराटनगर
    २. निलम सिनेमाज, जनकपुर
    ३. विना हल, लालबन्दी
    ४.गोरखा हल, गोरखा
    ५. बर्दिबास हल, बर्दिबास
    ६.विराटचोक हल, मोरङ
    ७.सीवी हल, इनरुवा
    ८.दीपक हल, बरहथवा
    ९. द्वारिका हल
    १०. हिमालय हल, विराटनगर
    ११.चरिकोट हल, दोलखा
    १२.एभरेस्ट हल, राजगढ
    १३.फिदिम हल, पाँचथर
    १४. त्रिशूली, नुवाकोट

    १५.धनकुटा हल, धनकुटा
    १६. इलाम हल, इलाम
    १७.लभकुश हल, महेन्द्रनगर
    १८. त्रिमुली हल
    १९. गिरिराज हल, जनकपुर
    २०.पाथीभरा हल, दमक

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०८१ शनिवार - ०६:१४:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology