धादिङको तसर्पुमा भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । बाल विकास कार्यक्रम नेपालको आयोजना तथा फ्रन्टलाईन हस्पिटल काठमाण्डौँ, माट्रिका आँखा केन्द्र काठमाण्डौँ र थाक्रे गाउँपालिकाको सहकार्यमा भएको शिविरमा उक्त सँख्याका बिरामीले आफ्नो स्वास्थ्य परिक्षण गराएका हुन् ।
महाकाली माध्यमिक विद्यालयमा भएको शिविरमा थाक्रे गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र थाहा नगरपालिकाको वडा नम्बर १२ का स्थानिय लगायतले सेवा लिएको बाल विकास कार्यक्रम नेपालका कमल आलेले जानकारी दिए ।
शिविरमा हाडजोर्नी तथा नशा रोग, बाल तथा स्त्री रोग, आँखा, दन्त, नाक, कान, घाँटी लगायतको जाँच गरिएको छ ।