आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीमा सहकारी सँस्थाहरुको वार्षिक समिक्षा, केहि सहकारीलाई कारवाही हुन सक्ने

धुनिवेशीमा सहकारी सँस्थाहरुको वार्षिक समिक्षा, केहि सहकारीलाई कारवाही हुन सक्ने

आशिष ठकुरी

१३, मंसिर २०८१
  • 4.3K
    SHARES
  • धुनिवेशीमा सहकारी सँस्थाहरुको वार्षिक समिक्षा, केहि सहकारीलाई कारवाही हुन सक्ने

    धादिङको धुनिवेशीमा बिहिबार सहकारी सँस्थाहरुको वार्षिक समिक्षा गरिएको छ । समिक्षा कार्यक्रम नगरपालिका अन्तर्गत सहकारी शाखाको आयोजनामा भएको हो ।

    images

    सहकारी शाखाले तयार पारेको २९ वटा स्लाईडको समिक्षा गर्न पालिका भित्र रहेका ३० वटा सहकारी संस्था मध्ये १६ वटा सहकारीले सो कार्यक्रममा भाग लिएको थिए । सहकारी ऐन २०७४ अनुसार नियामक निकायमा गर्नुपर्ने मासिक तथा वार्षिक रिर्पोटिङ र समिक्षा कार्यक्रममा उपस्थित नभएका सहकारीहरुलाई कारण बुझि कारबाहीको दायरामा ल्याउने विषयमा पनि छलफल भएको छ । 

    धुनिवेशी नगरपालिकाको आयोजनामा ३ पटक सञ्चालन भई सकेको कोपोमिस सम्वन्धि तालिम लिईसकेका सहकारी संस्थाले हालसम्म पनि विवरण अपडेट नगरेको हुँदा सहकारी ऐन २०७४ र नियमावली २०७५ मा समेत कोपोमिसको विषयमा उल्लेख भएकाले यसमा आवद्ध हुन आलटाल गर्ने संस्थाहरुलाई अब नगरपालिकाले ऐन बमोजिम कारवाही समेत हुन सक्ने कार्यक्रममा बताईएको छ ।

    यस्तै सहकारी सँस्थाहरुको प्रगती, समस्या, समाधानका उपाय लगायत अबका दिनमा गर्नु पर्ने योजनाहरुको बारेमा पनि छलफल भएको तथा समिक्षा भएको थियो ।

    sa.jpg

    नगरपालिका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतित्थ्यता र नगर सहकारी संघका अध्यक्ष बाशु बास्कोटाको विशेष आतित्थ्यता रहेको थियो ।

    यसैगरी कार्यक्रममा धुनिवेशी नगरपालिका बरिष्ठ लेखा अधिकृत गोविन्द पौडेल, शिक्षा शाखाका  बिकास खत्री,  कृषि शाखाका कृषि अर्थ विज्ञ अन्नत राज ढकाल,  कृषि प्रविधिक सन्तोष खड्का र सहकारी शाखाका कर्मचारी तथा कार्यक्रम संयोजक अजित यादवको उपस्थिती रहेको थियो । 

    कार्यक्रमका केही तस्बिरहरु:

    1.jpg
    2.jpg
    3.jpg
    5.jpg
    4.jpg

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - २१:५३:४५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology