आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध

नागरिक पाटी

१६, मंसिर २०८१
  • 2.7K
    SHARES
  • नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध

    नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध छ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ बाँडभञ्ज्याङका सुरुङमार्ग प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अघि बढ्न नदिने भन्दै गएको आइतवारदेखि निर्माण कार्य ठप्प पारेका हुन् ।

    images

    सुरुङमार्ग निमार्णका क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयवासीले आन्दोलन गरिरहेका छन् । पटक–पटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयोजनाले मागको सुनुवाइ नगरेको उनीहरूको भनाइ छ ।

    सुरुङमार्गअन्तर्गत (फ्लाईओभर) क्षेत्रमा समेत संरचना निर्माण अवरुद्ध भएको छ । सुरुङमार्गको माथिपट्टि पर्ने जग्गामा बनेका सात वटा घर चर्किएपछि नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ती संरचनाको क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको छ । 

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १६:५१:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology