धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ गरिएको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न सकिनेछ।
यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एण्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सकिने क्लोथ एण्ड फुड’ बैंकका संयोजक कमल जि.सिले बताउनु भयो
साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिरहेको बताएको छ । धादिङमा ‘कपडा बैंक’सञ्चालन गर्ने धुनिवेशी पहिलो नगरपालिका हो । धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, नगर उपप्रमुख सुरज उप्रेती ,वडा नम्बर ६ का अध्यक्ष तथा नगरप्रवक्ता रमेश प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल र महानायक राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैंकको शुभारम्भ गरेका हुनु ।
कार्यक्रममा नगरप्रमुख आचार्यले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए। उहाँले भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैंकलाई अगामी दिनमा सहयोग गरिने बताउनु भयो।

महानायक राजेश हमालले कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । विकसित देशमा पनि गाँस, बास, कपासजस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्नेगरेको बताउँदै नेपालमा पनि जनस्तरबाटै सहयोग गर्न सकिने महानायक हमालले बताउनुभयो ।

‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिस माझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनु भयो।
